२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकका दोस्रो बरियताका कर्मचारीलाई समेत कुलिङ पिरियड



अ+ अ-

काठमाडाैंः नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको दोस्रो बरियताको पदाधिकारीलाई पनि ६ महिने कुलिङ पिरियड लगाएको छ। साथै राष्ट्र बैंकले बैंकहरुको सञ्चालक पदमा निवार्चित वा मनोनित गर्न समेत केही कडाई गरेको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंकहरुको नायब प्रमुख कार्यकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि पुरा नभइ अर्को बैंकमा सोही पदमा नियुक्त हुन नपाउने ब्यवस्था गरेको छ । तर कार्यकाल थप भएको अवस्थमा भने कुलिङ पिरियड लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंकको कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो ब्यक्ति पुन त्यही कार्यकालभित्र त्यही संस्थाको सञ्चालक पदमा निर्वा्चित वा मनोनितसमेत हुन नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।