• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

प्रहरीमा पदका लागी चलखेल, नेताको ढोका धाउने बढे



काठमाडौं । लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधूप चर्को रूपमा बढेको छ।
गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन।
अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ। ती सिटकालागि दोडधुप चर्को रूपमा अघि बढेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाका लागि सबै तयारी गरिएको भए पनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा विश्व पोखरेलले समेत राजनीतिक ‘लबिङ’ गरेपछि बढुवाको फाइल रोकिएको छ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा विश्व पोखरेलको डीआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाइल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। कामप्रति इमान्दार रहेका श्रेष्ठ नेताकोमा चाकडी गर्न नगएको कारण पटक पटक बढुवामा छुट्दै आएका थिए।
खाली रहेको एक सिटमा बढुवाका लागि प्रधान कार्यालयले तयारी पूरा गरेर गृहमा फाइल पुर्‍याउन लागेको बेला एसएसपी पोखरेलको पक्षमा उपप्रधानमन्त्री पोखरेलले लविङगरेपछि बढुवा रोकिएको छ।