१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रहरीमा पदका लागी चलखेल, नेताको ढोका धाउने बढे

प्रहरीमा पदका लागी चलखेल, नेताको ढोका धाउने बढे
अ अ+ अ-

काठमाडौं । लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधूप चर्को रूपमा बढेको छ।
गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन।
अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ। ती सिटकालागि दोडधुप चर्को रूपमा अघि बढेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाका लागि सबै तयारी गरिएको भए पनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा विश्व पोखरेलले समेत राजनीतिक ‘लबिङ’ गरेपछि बढुवाको फाइल रोकिएको छ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा विश्व पोखरेलको डीआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाइल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। कामप्रति इमान्दार रहेका श्रेष्ठ नेताकोमा चाकडी गर्न नगएको कारण पटक पटक बढुवामा छुट्दै आएका थिए।
खाली रहेको एक सिटमा बढुवाका लागि प्रधान कार्यालयले तयारी पूरा गरेर गृहमा फाइल पुर्‍याउन लागेको बेला एसएसपी पोखरेलको पक्षमा उपप्रधानमन्त्री पोखरेलले लविङगरेपछि बढुवा रोकिएको छ।