१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध



अ+ अ-

चितवन । एमालेको १०औँ महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा चुनिएका हुन् । यस्तै, प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका छन् ।

प्रदेश–२ वाट पूर्वमाओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्यपि केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।