१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

पूर्व राजदुतको ओली सरकारलाई यस्तो चुनौती, सरकार मौन

पूर्व राजदुतको ओली सरकारलाई यस्तो चुनौती, सरकार मौन
अ अ+ अ-

काठमाडौं । दीपेन्द्र गजुरेल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ ।

मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गर्नुभएको छ । परराष्ट्रले तोकेको समयसीमाअनुसार उहाँ माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।

स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उहाँको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

पदमुक्त भए पनि उहाँ म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहनुभएको छ । उहाँले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन् ।

‘अब त उहांको हैसियत पूर्वराजदूतको भइसक्यो तर उहाँ दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहनुभएको छ’ –दूतावास स्रोतले भन्यो । यस सम्बन्धमा रायमाझीसँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उहाँको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् ।

यसबारेमा जिज्ञासा राख्दा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भन्नुभयो– ‘दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बढाउँछ ।’

सरकारले रायमाझीलाई फिर्ता बोलाएपछि पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले स्पेन दूतावासमा पत्राचार गरिसकेकाले यसबारेमा राजदूत अनविज्ञ नहुनुपर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । ‘फिर्ता हुन ३ हप्ताको समय उपलब्ध गराएकोमा उहाँलाई जानकारी भइसकेको हुँदा उपयुक्त समयमै फर्किनेमा मन्त्रालयले विश्वास लिएको छ’ –पौडेलले भन्नुभयो ।

पूर्वराजदूत रायमाझीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते बिल प्रयोग गरी हिनामिना गरेको उजुरीसमेत परेको छ । स्पेनबासी नेपालीले भने उहाँले स्पेन सरकार समक्ष शरणार्थीको निवेदन दिएर यतै बसोबास गर्न चाहेको अनुमान गरेका छन् । स्मरण रहोस् बेलायतका लागि तत्कालीन राजदूत मुरारीराज शर्माले आफ्नो पदावधि सकिएपछि बेलायत सरकारसमक्ष शरणार्थी घोषणाको माग गरेर नेपाल नफर्की उतै बस्नुभएको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।