१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

आफ्नै अडानमा सरकार, आज चिकित्सा शिक्षा विधेयक वैठकमा लैजादै

आफ्नै अडानमा सरकार, आज  चिकित्सा शिक्षा विधेयक वैठकमा लैजादै
अ अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेको छ । अनशनरत डा. गोविन्द केसीको मागविपरीत संसद्को सोमबार बस्ने बैठकमा विधेयक लैजान लागिएको हो । विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भइसकेको छ ।

१५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारले डा. केसीसँग सम्झौता गरेको थियो । विधेयकमा निश्चित संशोधनसहित पारित गर्ने, उपत्यकाबाहिर विभिन्न स्थानमा सरकारी मेडिकल कलेज खोल्नेलगायत बुँदामा सम्झौता भएको थियो । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले विधेयकमा डा। केसीका माग करिब सबै समेटिएको दाबी गरे । समाचार अन्नपूर्ण पोष्टमा छ ।

‘सरकारको विरोध गर्नेले मात्र डा। केसीको माग पूरा नभएको आरोप लगाउँदै मुद्दा बनाएका छन्’, उनले भने । डा. केसीका ९९ प्रतिशत माग पूरा भएको नेकपाका नेता एवं पूर्व स्वास्थ्यमन्त्री वंशीधर मि श्रले बताए । ‘दीपावली मनाउनुपर्ने बेला अनशन बस्नुभएको छ’, उनले भने ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले डा. केसीको अनशन आम नागरिकको पक्षमा रहेको बताए । ‘डा। केसीसँग गरिएको सम्झौताको पालना गर्नुपर्छ । अबको समाधान सरकार लचिलो बन्नु नै हो’, उनले भने । डाक्टर केसीका सहयोगी डा. अभिषेकप्रताप सिंहले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आफूहरूलाई दुःख लागेको बताए । ‘सरकारले अहिले इगो देखाइरहेको छ । डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर सरकारले आफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ । अब समाधान पनि उहाँहरूबाटै हुनुपर्छ’, उनले भने । डा. केसीको अनशनको विषयमा सरकार केन्द्रित नभएको र माग पूरा नहुँदासम्म शान्तिपूर्ण ढंगले आवाज बुलन्द गर्ने डा. सिंहले बताए ।

डा. केसीलाई वार्डमा सारियो

१२ दिनदेखि अनशनरत डा। केसीलाई शिक्षण अस्पतालको आईसीयूबाट वार्डमा सारिएको छ । आईसीयूमा बस्दा सर्वसाधारण उपचार पाउनबाट वञ्चित हुने अवस्था आउने भन्दै उनले वार्डमा सार्न आग्रह गरेका थिए । उनको स्वास्थ्य अवस्था चिन्ताजनक भने नरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । इलामबाट सोह्रौं अनशन थालेका केसी तीन दिनसम्म आईसीयूमा बसेका थिए ।

अस्पतालका वार्डमा सारेलगत्तै डा. केसीले सरकारले गरेको सम्झौता अक्षरशः पालना नभएसम्म अनशन जारी राख्ने अडान दोहोर्याएका छन् । ‘माग कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहन्छ’, उनले भने ।