२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध



अ+ अ-

चितवन । एमालेको १०औँ महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा चुनिएका हुन् । यस्तै, प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका छन् ।

प्रदेश–२ वाट पूर्वमाओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्यपि केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।