६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सहज जित, हडर्सफिल्ड र फुलहृयाम पराजित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनलाई पराजित गरेको छ ।

आइतबार राति सिटीले हडर्सफिल्डलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले गोल गरे ।

सिटीका डानिलोले गोल गर्दै खेलको १८औं मिनेटमा १–० को अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दा हडर्सफिल्डले भने कुनै गोल गर्न सकेन ।

५४ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । सिटीले दोब्बर अग्रता बनाएको दुई मिनेट पनि नवित्दै अर्को गोल थप्न सफल भयो । खेलको ५६ औं मिनेटमा उनको गोलमा सिटीले हडर्सफिल्डमाथि ३–० गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि सिटीले हडर्सफिल्डमाथि सहज जित निकालेको हो ।

जितपछि लिगको दोस्रो स्थानमा रहेको सिटीको २३ खेलबाट ५६ अंक भएको छ । लिग लिडर लिभरपुलभन्दा अझै सिटी चार अंकले पछि छ । पराजित हडर्सफिल्डको भने ११ अंक मात्रै छ ।

टोटनहृयामको फुलहृयाममाथि संघर्षपूर्ण जित

आईतबार नै भएको अर्को खेलमा टोटनहृयामले फुलहृयाममाथि संघर्षपूर्ण जित निकालेको छ ।

टोटनहृयामले फुलहृयामलाई २–१ गोलअन्तरले पराजित गर्ने क्रममा डेली अली र विंक्सले गोल गरेका थिए । टोटनहृयामका लाउरेन्टले आत्मघाति गोल गरेपछि फुलहृयामले उपाहार स्वरुप एक गोल पाएको थियो ।

पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको फुलहृयामले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । खेलको १७औं मिनेटमा नै टोटनहृयामका लाउरेन्टले आत्माघाति गोल गरेपछि फुलहृयामले अग्रता लिएको थियो ।

खेलको ५१औं मिनेटमा अलीले गोल गरेपछि टोटनहृयामले १–१ गोलको बराबरी बनाएको थियो । खेलको अतिरिक्त समयमा विंक्सले गोल गर्दै टोटेनहृयामलाई २–१ गोलको जित दिलाए ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामले जितपछि २३ खेलबाट ४९ अंक बनाएको छ । यता फुलहृयामको भने १५ अंक मात्रै रहेको छ ।