![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/aago.jpg)
डोटी । मंगलबार राति वडा सदस्यको घरमा आगलागी भएको छ । बोगटान गाउँपालिका ७ का वडासदस्य सुरजबहादुर कुडमालको घरमा आगलागी भएको छ ।
डोटी प्रहरीका अनुसार आगलागीबाट करिब ८ लाख ५५ हजारको क्षती भएको छ ।
साझ घरमा पूजा गरी बालेको धुपबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण उहाँको घर र भित्र भएको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।