७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिकिनी लगाएर पहाड चढ्ने सुन्दरीको चिसोबाट मृत्यु



अ+ अ-

काठमाडौँ । मुटु नै कमाउने चिसो पहाडको पदमार्गहरुमा बिकिनी लगाएर यात्रा गर्ने ताइवानी एक पदयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताइवानको पदयात्री ३६ वर्षकी गिगी वू हुन् । उनि बिकिनीमा पदयात्रा गरेर सेल्फी पोष्ट गरेर चर्चामा आएकी थिईन ।

ति युवति पदयात्राकै क्रममा ६५ फिट गहिरो खाडलमा खसेर चिसोका कारण मृत्यु भएको ताइवानका मिडियाले जनाएको छ । मिडियाका अनुसार गिगी ताइवान राष्ट्रिय निकुञ्जभित्र मृत अबस्थामा भेटिएकी थिईन् ।

गिगी ताइवानको युशान पहाडको २५ दिने पदयात्रामा थिइन् । जनवरी ११ मा उनी एक्लै पहाड चढ्न सुरु गरेकी थिइन् ।

पहाडबाट तल खोँचमा खसेर गम्भीर घाइते भएकी गिगीले १९ जनवरीका दिन स्याटेलाइट फोनमार्फत कल गरी आफ्ना साथीहरुसँग गुहार मागेकी थिइन् ।

चिसोका कारण मृतक गिगी को लास जमेको अवस्थामा पाइएको थियो । सोमबार उनको शव खोँचबाट बाहिर निकालिएको थियो ।

यसअघि पनि गिगी विभिन्न समयमा पदयात्राका क्रममा घाइते हुने गरेकी थिइन् । गत क्रिसमसका बेला समेत उनी दुर्घटनामा बालबाल बँचेकी थिइन् । तर यो पटक उनलाई भाग्यले साथ दिएन र पहाडको खोँचमा ज्यान गुमाउन पुगिन् ।