२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको वेग खोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



अ+ अ-

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ । 

सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औलस्थित घुम्तीमा दुर्घटना भएको हो । जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् । 

घाइतेको उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । 
प्रहरीका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको बताइएको छ ।