१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको वेग खोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



अ+ अ-

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ । 

सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औलस्थित घुम्तीमा दुर्घटना भएको हो । जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् । 

घाइतेको उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । 
प्रहरीका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको बताइएको छ ।