१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगना र करणीको वाकयुद्ध जारी, के भन्छन् त ?



अ+ अ-

नयाँदिल्ली । बलिउडकर्मी कंगना रनोट र करणी सेनाबीच केही समययता चल्दैआएको वाकयुद्धमा कंगनाको पछिल्लो अभिव्यक्तिले तरंग ल्याएको छ ।


मणिकर्णिकाको प्रमोशन इभेन्टमा पुगेकी कंगनाले भनिन्, ‘म कसैसँग पनि माफी माग्दिन । जब मेरो केही छै भने माफी किन रु मैले आश्वासन दिएँ कि फिल्ममा केही पनि गल्ती देखिएको छैन ।’

‘उ भारतकी चेली हो, मेरो नातेदार हैन’

कंगनाले रानी लक्ष्मीबाईको लागि ‘मणिकर्णिका भारतकी चेलीको एक फिल्म’ भन्दै टिप्पणी समेत गरेकी छन् । साथै आफूहरु मिलेर फिल्म अघि बढाउनुपर्ने उनको भनाइ थियो । कंगनाले उनलाई आफ्नो मात्रै नातेर नभएर समग्र भारतकै चेली भएको भन्दै व्यंग्य समेत गरिन् ।

‘मेरो लागि पनि उ त्यही हो, जे सबको लागि हो,’ कंगनाले भनिन् । यसकारण पनि करणी सेनाले आफूलाई साथ दिनुपर्ने कंगनाको भनाइ छ । तर सेनाको यस्तो ‘फाल्तु ईगोलाई ईस्यु बनाउनुको जरुरत नभएको’ भन्दै उनले आक्रोश पोखेकी छन् । कंगनाले अघि भनेकी छन्, ‘म यहाँ कसैसँग माफी माग्न बसेकी हैन ।’

खासमा महाराष्ट्र करणी सेनाका अध्यक्ष अजय सिंह सेंगरले कंगनाको फिल्मको सेट नै जलाइदिने धम्की दिएका छन् । यतिसम्म कि, कंगनाले करणी सेनालाई धम्की दिने हो भने उनलाई महाराष्ट्रमा हिँडडुल गर्न समेत प्रतिबन्द्ध गरिदिने भन्दै अजयले धम्की दिए ।

कंगनाले भने प्रष्टिकरण स्वरुप आफ्नो फिल्मले इतिहासलाई प्रमाणित गरेको भन्दै आफूले गल्ती नगरेको बताएकी हुन् । आफूलाई सेन्सरको सर्टिफिकेट पनि मिलेको भन्दै करणी सेनाले आफूलाई दुख दिएको भन्दै त्यससँग नझुक्ने चेतावनी दिएकी हुन् । एजेन्सी