२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण मलेसिया रोजगारी अन्योलमा



अ+ अ-

काठमाडौं। मलेसियन सरकारले नेपाली कामदार पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्न‘को विकल्प नभएको निष्कर्ष सुनाएपछि अहिले मलेसियाको रोजगारी थप अन्योलमा परेको छ । यसैगरी, मलेसियाले ‘भेन्डर’ बदल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने प्रस्ट पारेको छ ।

यस्तै, अन्योलका कारण दुई मुलुकबीच नयाँ श्रम समझदारीपत्रमा हस्ताक्षर भएको तीन महिना वितिसक्दा पनि अझै सरकारले नेपाली कामदारलाई मलेसिया जाने बाटो खुलाउन सकेको छैन ।

शून्य लागतमा नेपाली कामदार पठाउने गरी मलेसिया र नेपाल सरकारबीच गत १२ कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो । नयाँ समझदारीपत्रअनुसार अब वैदेशिक रोजगारिका लागि मलेसिया जाने नेपाली कामदार पठाउने क्रममा लाग्ने भिसा शुल्क, आवतजावत हवाई टिकट, अन्य शुल्क, स्वास्थ्य परीक्षण सुरक्षा जाँचलगायतका सबै खर्च मलेसियाको रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको थियो । सो समझदारीअघि मलेसिया जाने नेपाली कामदारको करार अवधि तीन वर्षको रहेकामा अब दुई वर्षको मात्र हुने उल्लेख छ । राजधानी दैनिकमा खबर छापिएको छ ।