७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

३० वडा सचिवविहीन

३० वडा सचिवविहीन
अ+ अ-

बेझाड । पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् । तीस वडामा बसेर काम गर्ने वडा सचिव नहुँदा कामकाजमा समस्या परेको सम्बन्धित स्थानीय तहका प्रमुखहरू बताउँछन् । वडा सचिवविहीन बनेका केहीमा सामाजिक परिचालक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

रामपुर नगरपालिकाको १० मध्ये हाल छ वडामा मात्र वडा सचिव रहेका छन् । हाल वडा नं १, ३, ४, ५, ६ र ७ मा मात्र वडा सचिव छन् । वडा नं २ मा खाली भएपछि वडा नं १ का सचिव तारानाथ पोखरेलले दुई वटै वडा हेर्दै आउनुभएको छ । वडा नं ५, ६, ७, ८, ९ र १० को पञ्जीकरणको काम भने नगरपालिकाको कार्यालयबाटै हुने गरेको छ । पञ्जीकरण दर्ता वडामा हुने र प्रमाणित गर्न नगरपालिका कार्यालयमा धाउनुपर्ने हुँदा वडावासीलाई समस्या भएको छ ।

वडा नं ५ र ६ मा अस्थायीरूपमा कार्यरत वडा सचिव छन् । नगरपालिकाका जिन्सी शाखा प्रमुख केशवराज पौडेलले वडा नं ७ र ८ तथा प्रशासन शाखा प्रमुख डिलबहादुर भुजेलले वडा नं ९ र १० को सचिवको जिम्मेवारी पनि सम्हाल्दै आइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख ज्ञानराज कोइरालाले बताउनुभयो । “कर्मचारी अभावमा दुई कर्मचारीलाई नगरपालिकाको कार्यालयका काम र चार वडाका कामको जिम्मेवारी दिइएको छ”, कोइरालाले भन्नुभयो । तानसेन नगरपालिकाका १४ वडामध्ये एउटाबाहेक सबै वडामा वडा सचिव रहेका छन् । ९ र १० वडामा एक सचिवले काम गरिरहेका छन् ।

माथागढी गाउँपालिकाका आठमध्ये दुई वडामा मात्र वडा सचिव छन् । हाल वडा नं ४ झडेवा र ८ को बहादुरपुरमा बाहेक अरु सबैमा वडा सचिवविहीन छ । खाली रहेका वडामा गाउँपालिकाका कर्मचारीलाई पालैपालो हप्ताको एक÷दुई दिन वडामा खटाएर काम गर्ने वातावरण मिलाएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगर बताउनुुहुन्छ ।

बगनासकाली गाउँपालिकाका नौ वडामध्ये ३ नंमा बाहेक सबै वडामा वडा सचिव छन् । खाली रहेको वडाको कामकाज २ नं वडा कार्यालयका सचिवलाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । त्यस्तै रम्भा गाउँपालिकाका पाँचमध्ये एक वडामा सचिव छैनन् । खाली रहेको वडा नं ५ मा ४ नं वडासचिवबाट कामकाज भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिकाका छ वडामध्ये चार वटामा वडा सचिव छन् । चार सचिवले छ वडा हेर्ने व्यवस्था गरी वडा कार्यालयको कामकाज भइरहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापा बताउनुभयो । यस्तै निस्दी गाउँपालिकाका सातै वडामा सचिव नहुँदा विभिन्न शाखाका कर्मचारीले धान्दै आइरहेका छन् । वडा नं १ मा खानेपानी प्राविधिक, २, ३, ६ र ७ मा स्वास्थ्यकर्मी, ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा नोलबहादुर थापा, ५ मा वडा कार्यालय सहायक एकराज अर्यालले हेर्ने व्यवस्था मिलाइएको छ । “कर्मचारी पदपूर्ति नहुँदासम्म विभिन्न शाखाका कर्मचारी परिचालन गरेका छौँ, कामकाज रोकिएको छैन”, गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो ।

यसैगरी रिब्दीकोट गाउँपालिकाका आठ वडामध्ये हाल चार वडामा मात्र वडा सचिव छन् । वडा नं ४ र ५ मा एक, ७ र ८ मा एक र वडा नं ६ मा तिनाऊ गाउँपालिका मस्यामका वडा सचिवले हेर्दै आएका छन् । वडा नं २ मा भने आलोपालो मिलाएर हेर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाको आठमध्ये चार वडामा मात्र वडा सचिव छन् । वडा नं १ का वडासचिवले ३, वडा नं ५ वडाका सचिवले वडा नं २, ६ नं वडाका सचिवले ७ र वडा नं ८ मा गाउँपालिका कार्यालयका कर्मचारीबाटै कामकाज भइहेको अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ ।

तिनाऊ गाउँपालिकामा छ वटै वडामा भने वडासचिव कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउनुहुन्छ । जिल्लाका विकट र दुर्गम क्षेत्रमा घण्टौँ समय लगाएर वडा कार्यालयमा सेवा लिन पुगेका नागरिकले कर्मचारी अभावमा समस्या झेल्न बाध्य छन् ।