१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनाको ‘मणिकर्णिकाः द क्विन अफ झासी’ आजबाट सिनेमा हलमा



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झासी’ आजबाट सिनेमा हलमा रिलीज भएको छ । फिल्ममा उठाइएका विषयवस्तुलाई लिएर फिल्म बन्द गर्न आग्रह गर्दै अदालतमा रिट दायर गरिएको थियो । तर अदालतले फिल्म रिलीज गर्न आदेश दिएको हो ।

ऐतिहासिक तथ्यमा आधारित फिल्ममा इतिहासको अपव्याख्या भएको भन्दै वकिल विवेक तांबले फिल्म रिलीज हुनबाट रोक्न अनुरोध गर्दै अदालत पुगेका थिए । तर अदालतले उनको आग्रहलाई अस्वीकार गरिदियो । वकिल विवेकले झासीकी रानी लक्ष्मीबाईको परिवारको पाचौँ पुस्ताको सदस्य भएको दाबी गरेका छन् ।

उनले कंगना अभिनित फिल्म ‘मणिकर्णिका’मा ऐतिहासिक तथ्य गलत भएको खुलासा गरेका छन् । फिल्ममा झासीकी रानीको जन्म १८२८ मा भएको भनिएको छ तर उनको वास्तविक जन्म १८३५ मा भएको थियो ।

फिल्म निर्माताले भने इतिहासकारहरुकै सल्लाह र तथ्यमा आधारित मिति फिल्ममा उल्लेख गरिएको बताएका छन् । उनले केन्द्रीय फिल्म बोर्डका वकील अद्वैत सेठनाले मुख्य न्यायाधीश एन एच पाटिल र न्यायमूर्त एन एम जामदारको इजालासमा यो विषयमा गम्भीर छलफल गरेर नै प्रमाणपत्र दिएको उल्लेख गरे ।

फिल्म निर्माताले फिल्ममा केही तथ्य नाटकीय र काल्पनिक बनाइएको छ भने फिल्ममा सूचना दिइएको उल्लेख गरे ।

फिल्म आजबाट रिलीज भइसकेको छ । फिल्ममा राधा कृष्ण जगरलामुदी र कंगना रनौतको निर्देशन रहेको छ । त्यसैगरी कंगना रनौत, अतुल कुलकर्णी र जिशु सेनगुप्ताको मुख्य भूमिका रहेको छ । एजेन्सी