२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनाको ‘मणिकर्णिकाः द क्विन अफ झासी’ आजबाट सिनेमा हलमा



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झासी’ आजबाट सिनेमा हलमा रिलीज भएको छ । फिल्ममा उठाइएका विषयवस्तुलाई लिएर फिल्म बन्द गर्न आग्रह गर्दै अदालतमा रिट दायर गरिएको थियो । तर अदालतले फिल्म रिलीज गर्न आदेश दिएको हो ।

ऐतिहासिक तथ्यमा आधारित फिल्ममा इतिहासको अपव्याख्या भएको भन्दै वकिल विवेक तांबले फिल्म रिलीज हुनबाट रोक्न अनुरोध गर्दै अदालत पुगेका थिए । तर अदालतले उनको आग्रहलाई अस्वीकार गरिदियो । वकिल विवेकले झासीकी रानी लक्ष्मीबाईको परिवारको पाचौँ पुस्ताको सदस्य भएको दाबी गरेका छन् ।

उनले कंगना अभिनित फिल्म ‘मणिकर्णिका’मा ऐतिहासिक तथ्य गलत भएको खुलासा गरेका छन् । फिल्ममा झासीकी रानीको जन्म १८२८ मा भएको भनिएको छ तर उनको वास्तविक जन्म १८३५ मा भएको थियो ।

फिल्म निर्माताले भने इतिहासकारहरुकै सल्लाह र तथ्यमा आधारित मिति फिल्ममा उल्लेख गरिएको बताएका छन् । उनले केन्द्रीय फिल्म बोर्डका वकील अद्वैत सेठनाले मुख्य न्यायाधीश एन एच पाटिल र न्यायमूर्त एन एम जामदारको इजालासमा यो विषयमा गम्भीर छलफल गरेर नै प्रमाणपत्र दिएको उल्लेख गरे ।

फिल्म निर्माताले फिल्ममा केही तथ्य नाटकीय र काल्पनिक बनाइएको छ भने फिल्ममा सूचना दिइएको उल्लेख गरे ।

फिल्म आजबाट रिलीज भइसकेको छ । फिल्ममा राधा कृष्ण जगरलामुदी र कंगना रनौतको निर्देशन रहेको छ । त्यसैगरी कंगना रनौत, अतुल कुलकर्णी र जिशु सेनगुप्ताको मुख्य भूमिका रहेको छ । एजेन्सी