२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन



अ+ अ-

काबुल । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ ।

अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्तराज्य अमेरिकासँग दोहामा सोमबारदेखि शुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा तालिबानका वरिष्ट सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी दिएको जनाइएको छ ।

दोहामा अमेरिकी अधिकारीहरुसँग चार दिनदेखि प्रत्यक्ष वार्ता गरिसकेपछि पछिल्लो घोषणा गरिएको छ । दुबै पक्षबीच शुक्रबार वार्ता हुने नहुनेबारेमा स्पष्ट भइसकेको छैन ।

विश्लेषकहरुले “अभूतपूर्व” भनेको उक्त वार्तापछि कुनै किसिमको सहमति हुने आशा पलाएको बताएका छन् । वार्ताले अफगान मामिलामा विस्तृत शान्ति सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।

तर अमेरिकाले वार्ताका बारेमा कुनै प्रतिक्रिया दिएको छैन, तर अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता गरिएको पुष्टि गरेको छ ।

वार्तामा सहभागी नबनाएकामा असन्तुष्टी जनाएका अफगानी अधिकारीहरुले कुनै सहमति गर्दा अफगान सरकारलाई सामेल गराउनै पर्ने चेतावनी दिएको छ ।

विगतमा दोस्रो नम्बरका नेता बरादरले तालिबान आन्दोलनका संस्थापक एवं सन् २०१३ मा निधन भएका मुल्लाह ओमारलाई समर्थन गर्नुभएको थियो ।

सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका बरादरलाई दोहामा पहिलो वार्ता शुरु भएलगत्तै गत अक्टोबरमा रिहा गरिएको थियो । दोहामा तालिबान र अमेरिकी विशेषदूत खलिलजादबीच भएको पहिलो वार्तामा पनि बरादर सहभागी भएको विश्वास गरिन्छ, तर दुबै पक्षले यस बारेमा केही खुलाएका छैनन् ।

मुल्लाह बरादरका अलाबा तालिबानको सैनिक एवं नागरिक विभागहरुका पदमा धेरैवटा परिवर्तन गरिएको तालिबानले वक्तव्यमा जनाएको छ ।