१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ड्राइभरविनाकै बसहरु चल्ने, परिक्षण सुरु



अ+ अ-

टोकियो । जापानले सन् २०२० मा आयोजना हुन लागेको ओलम्पिक्समा आउने पाहूनाको स्वागतको लागि चाकलरहित बसको परिक्षण थालेको छ ।

आफ्नो देशमा पाहूना आउदा फरक अनुभव होस् भन्नका लागि उक्त बस संचालनमा ल्याउन लागेको हो । २०२० मा हुने ओलम्पिक्समा सहभागि हुन आउने र खेल हेर्न आउने बाहिरी देशका पाहूनाको लागि विमानस्थलबाट पाहूना बस्ने होटेलसम्मको लागि जान चालकविहिन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको हो ।

अहिले जापनले हानेदा अन्तरराष्ट्रिय विमानस्थलसहित सहरहरुमा यात्रु राखेरै चालकविहिन बसको परिक्षण गरिरहेको जापानका संचार माध्यमहरुले जनाएको छ । । जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म परिक्षणको सञ्चालन गर्ने भएका हुन् । परिक्षण गत हप्तादेखि सञ्चालनमा आएको थियो ।

शुरुमा चालक सीटमा राखिएको थियो । तर उनले बस सञ्चालन त नगर्ने तर दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो । सफल परिक्षणपछि चालकविना नै बस सञ्चालन गरिएको हो ।

उक्त बसहरु अब सन् २०२० को जुलाइ देखि अगष्ट ९ सम्म हुने ओलम्पिक्समा चालकरहित सञ्चालन गर्ने अपेक्षा गरेको छ ।