• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

अपहरणमा परेका बालकको उद्धार



काठमाडौं । भारतबाट अपहरणमा परेका एक बालकलाई रौतहटबाट प्रहरीले उद्धार गरेर अभिभावकलाई जिम्मा लगाएको छ।

गत सोमबार भारत मोतिहारी जिल्ला रामगढवा थानास्थित बलुवा ग्रामपंचायत २ का अवधेश गिरीका पाँच वर्षीय छोरा अभिजित गिरी अपहरणमा परेका थिए।

बालकलाई नेपालतर्फ ल्याएको हुन सक्ने भन्दै भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि अपहरित बालकलाई रौतहटको मौलापुर नपा ७ बाट उद्धार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जनानकारी दिए।

बालकलाई आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरी नेपाल ल्याएको प्रहरीको भनाइ छ। मौलापुर नपाको सरैयाटोलमा रहेको बिन्दा साह कानुको घरबाट बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मौलापुर बाट खटिएको टोलीले बालकलाई उद्धारगरी अपहरित बालकका काका कामेश्वर गिरीलाई भारतीय प्रहरीको रहोवरमा जिम्मा लगाएको छ।

बालक राखिएको घरका धनी बिन्दा साह कानुलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अन्नपुर्ण पोष्टबाट ।