२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल्कु काण्ड : युवतीमाथि विर्य स्खलनमा संलग्न बस प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं। युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

‘बस अपराध शाखामा छ’ स्रोतले भन्यो, ‘निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुनेछ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए । प्रहरीले एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ । कान्तिपुरबाट ।