१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल्कु काण्ड : युवतीमाथि विर्य स्खलनमा संलग्न बस प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं। युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

‘बस अपराध शाखामा छ’ स्रोतले भन्यो, ‘निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुनेछ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए । प्रहरीले एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ । कान्तिपुरबाट ।