२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरवार्ड नेपालको नयाँ कार्यसमिति



अ+ अ-


भरतपुर । नेपालका ५७ वटा जिल्लामा काम गरिसकेको विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) को २२ औँ साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा सम्पन्न सो अधिवेशनले प्रा.डा.माधवकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी तीन वर्षको कार्यकालका लागि निर्विरोध निर्वाचित सो समितिको उपाध्यक्षमा प्रा.डा.दुर्गा देवकोटा, सचिवमा रामप्रसाद ढुंगाना, कोषाध्यक्षमा सुनिता श्रेष्ठ र सदस्यमा तोया गौतम, प्रवीण पौडेल, डा. दिलिपकुमार झा, सबिता चेपाङ, मैया गिरी रहनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं.–२ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ प्रमुख अतिथि तथा गैरसरकारी संस्था महासंघ–चितवनका अध्यक्ष सुरेश अधिकारी अतिथिको रुपमा रहनु भएको सो साधारण सभामा कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक र देशका विभिन्न क्षेत्रबाट आउनुभएका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथिका साथै कानूनविद जगन्नाथ भण्डारी एवम् प्राज्ञिक व्यक्तिव प्रा.डा.नवराज देवकोटा लगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभाले आगामी दिनहरुमा फरवार्ड नेपाललाई नयाँ सोच र रणनीतिबाट अगाडि बढाउने निर्णय गरेको छ ।

यस संस्थाले नेपालका ४ लाख २० हजारभन्दा बढी घरधुरीमा विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान गरिसकेकोे जनाएको छ ।

भरतपुरको क्षेत्रपुरमा केन्द्रीय कार्यालय रहेको फरवार्ड नेपालले कृषि, पशुपालन, पुनर्निर्माण, पूर्वाधार विकास लगायत कृषिसम्बन्धी अध्ययन–अनुसन्धानका कामका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा गैरसरकारी संस्थाको रुपमा विगत २२ वर्षदेखि काम गर्दै आएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रा.डा.माधवकुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्य अनुरुप अझ प्रभावकारी ढ·ले संस्थालाई अगाडि बढाउन प्रयत्न गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको छ ।