२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले २० हजार नयाँ कर्मचारी माग्ने



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र सरकारले नयाँ २० हजार निजामती कर्मचारी माग गर्न लागेको बताएका छन् ।

नेपाल यातायात महिला चालक समूहद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीय लोकतान्त्रिक प्रणाली व्यवस्थित गर्न उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने बताएका हुन्।

उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए ।, कान्तिपुरमा खबर छ ।