• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एक प्रहरीबाट ७१२ नागरिकको सुरक्षा



जुम्ला । जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताए ।

उनले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताए । हिउँदको समयमा जुम्लामा अत्यधिक चिसो हुने भएकाले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताए ।