१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट



अ+ अ-

सियोल । दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।

स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।

सो संख्या सन् २०१६ मा भन्दा ३.४ प्रतिशतले बढी हो । सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५.४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै पहिलो पटक गर्भवती हुने प्रचलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गर्नु परेको सर्वेक्षणकर्ताहरुको भनाइ छ । कोरियामा पछिल्ला वर्षहरुमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ ।

सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुने महिलाहरुको संख्या करिब २९ प्रतिशत रहेको छ । सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो ।

सर्वेक्षणकर्ताहरुले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन् । हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गइरहेको पाइएको छ ।