३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

भाग्यमानी मेस्सी अब खतरनाक हुन सक्नेछन् !

भाग्यमानी मेस्सी अब खतरनाक हुन सक्नेछन् !
अ+ अ-

काठमाडौं । सन् २०१४ को विश्वकपमा आफ्नो टिम अर्जेन्टिनालाई फाइनलको यात्रासम्म पुर्याएर चर्चा कमाएका बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बारम्बार भाग्मानी टहरीदै आएका छन् ।

सन् २०१४ मा जर्मनीसँग हार बेहोरेर दोस्रो स्थानमा समेटिएको आफ्नो टिमलाई सन् २०१८ मा भने पहिलो खेलमा आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गर्दा १–१ को बराबरीमा रोकिँएपछि लगातार आलोचनाको सिकार भएका थिए ।

दोस्रो खेलमा क्रोएसियासँग ३–० ले हार्दा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी निरिह देखिएपछि २०१४ को झै सन्यास लिने आकलन गरेका थिए तर मेस्सीले आफु नलडिकन फेरी उठ्नो कोशिस जारी राखे । उक्त प्रतियोगिता मै नाइजेरियालाई २–१ ले हराएर अन्तिम १६ मा स्थान सुरक्षित गर्दा पहिलो गोल मेस्सीले नै गरेपछि फेरी वाह वाहको प्रसंसा पाएका थिए ।

विश्वकपबाटै बाहिरिने डर यथार्थ बन्दै गर्दा ८६ औं मिनेटमा मेस्सी र टिम अर्जेन्टिना भाग्यमानी सावित भयो । रोजोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनी समर्थकलाई खुसीमात्र दिएनन्, टिमको उद्दार पनि गरे ।

जितपछि मेस्सीले भने, ‘मैले यस्तो तनाव र पीडाको स्थिति अहिलेसम्म भोगेको थिइनँ ।’ उनको भनाइबाट पनि उनी खेलअघि कस्तो अवस्थामा थिए र खेलपछि कस्तो स्थितिबाट बाहिरिएका छन् भन्ने प्रस्ट हुन्छ ।

विश्वकपमा पहिलो चरणबाटै बाहिरिनु परेको भए मेस्सी र उनका साथी खेलाडीका लागि योभन्दा दुःखद अवस्था अरु हुने थिएन । केही खेलाडीले सन्यासको घोषणा गर्थे, भित्रभित्रै बिग्रिरहेको अर्जेन्टिनी फुटबल झनै कमजोर हुन पुग्थ्यो ।

क्लबका लागि राम्रो गर्ने र राष्ट्रिय टिममा कमजोर भनेर मेस्सीमाथि लाग्ने गरेको आरोपले झनै बल पाउथ्यो । यसले विश्व फुटबल उत्कृष्ट भनेर चिनिएका मेस्सीमाथि कमजोर खेलाडीको आलोचित छाया पर्ने थियो ।

यो सबैबाट मेस्सी जोगिए । विश्वकपसम्म कठिन बनेको अर्जेन्टिनी यात्रामा हृयाट्रिक गरेर होस् या विश्वकपमा खेलसँगै खेलाडीको मनोबल बढाउने काममा होस् उनी लागिपरे । यसैले अपमान र कठिन परिस्थितिको सामनाले उनी झनै डरलाग्दो भएका छन् ।

विश्वकपमा अर्जेन्टिनालाई जे भइरहेको छ, त्यो मेस्सी अनुकुल छैन । आइसल्याण्डसँग, क्रोएसियासँग होस् या त नाइजेरियासँग नै उनीहरु निकै सकस गरिरहेका छन् । अर्जेन्टिनाको खेलले जुन आकार लिने अपेक्षा गरिएको थियो त्यो अझै भएको थिएन ।

अहिलेकै अवस्थामा त्यसलाई सुधार गरेर अघि बढ्नुबाहेक उनीहरुसँग विकल्प पनि छैन । के भएन र के हुनुपथ्र्यो भनेर छलफल गर्नेभन्दा अब के गर्ने भन्ने योजनामा उनीहरु बढ्नु पर्ने छ । यसले फुटबल जगतका स्टार मेस्सीलाई पनि राष्ट्रिय टिमको कमजोर अवस्था फेर्ने मौका मिल्नेछ ।

फुटबलका धेरै कीर्तिमानमा नाम लेखाइसकेका मेस्सीले गरेको गोल पनि नजानिदो पारामा फुटबल समर्थकले सम्झिरहने माध्यम बन्दै छ ।

मेस्सी विश्वकप फुटबलमा आफ्नो उमेरका हरेक दशकमा गोल गर्ने पहिलो खेलाडी पनि बने । उनले किशोरावस्था, उमेरको २० को दशक र ३० को दशकमा गोल गरे ।

सन् २००६ को विश्वकपमा पहिलो गोल गर्दा मेस्सी किशोर थिए । २०१४ मा गोल गर्दा २० काटेको अवस्थामा थिए । अहिले ३१ वर्षमा पनि उनले गोल गरे ।

मेस्सीले विश्वकपमा गरेको गोलको संख्या ६ रहेको छ । उनी तीन विश्वकपमा गोल गर्ने अर्जेन्टिनाका तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि डिएगो म्याराडोना १९८२, १९८६ र १९९४ तथा गाब्रिएल बाटिस्टुटाले १९९४, १९९८ र २००२ मा गरेर तीन विश्वकपमा गोल गरेका थिए ।

फुटबल समर्थकमाझ गएको १० वर्षदेखि क्रिष्टियानो रोनाल्डो कि लियोनल मेस्सी भनेर हुने गरेका चर्चा र आलोचनाले पनि स्टार खेलाडीहरुलाई असर पुगिरहेको छ । त्यस्तै परिस्थितिमा छन् मेस्सी पनि ।

फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि मेस्सी र रोनाल्डोले पाँच–पाँच पटक जितेका छन् । हर प्रतियोगिताले अवार्डको भागेदार बनाउने होडले गर्दा मेस्सीलाई दवाव पर्ने गरेको छ ।

मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वार्टरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १–० ले पराजित भयो ।

त्यो सबै बिर्साउने र आफ्नै कप्तानीमा विश्वकप जिताउने अवसर मेस्सीका लागि अर्कोपटक नजुर्न सक्छ । कतारमा सन् २०२२ मा हुने विश्वकपमा मेस्सी ३५ वर्षका हुने छन् । जतिबेला उनको यो खेलशैली र क्षमता रही नरहन सक्छ ।

जब अर्जेन्टिनाको कुरा आउँछ हेर्दा त मेस्सीबिना पनि टिम पूर्ण नै हुनुपर्ने हो । पूरै अनुभवी र सक्षम खेलाडीको लाइन अर्जेन्टिनासँग छ । सर्जियो अग्युरो, गोन्जालो हिग्वेन, एन्जेल डिमारिया, पाउलो डिबाला नामहरु पनि सक्षम हुन् ।

फरवार्डको लामो तालिका हुँदाहुँदै पनि विश्वकपमा कमजोर बनेको अर्जेन्टिना र विश्वकप छनोटदेखि नै मेस्सीमा भएको निर्भरताले टिममा उनी केन्द्रमा परेका छन् ।

अनुभवी मेस्सीले चाहिने बेला टिमलाई दिएको योगदान महत्वपूर्ण छ । यसैले कमजोरीबाट गुज्रिरहेको अर्जेन्टिनी टिमले यसपटकको कोपा अमेरीकामा उनी अबको खेलमा खतरनाक हुने मौका आएको छ ।

यो सबैका बीच पनि मेस्सी समस्याले घेरिएका छन् । खेलमा हुनुपर्ने लय र तालमेल मिलाउन सकेका छैनन् । अर्जेन्टिनालाई कोपा अमेरीका २०१९ को उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढाइरहँदा मेस्सी माथि नै थप जिम्मेवारी थपिने छ । अहिले उनी उत्कृष्ट लएमा छन् स्पेनिस कल्ब बार्सिलोनाबाट ४०० गोल गरिसकेका मेस्सी सन् २०१८ को उपाधि दिलाएर सन् २०१४ र २०१८ को विश्वकपमा लागेको दाग मेटान सक्छन् ।

उनि विरुद्ध लागेको हर आरोपलाई सुधार गर्दे यसपटकको कोपा अमेरीकाको उपाधि दिलाएर लामो स्वास फेन मौका मिलेको छ । अहिले सम्पूर्ण आश मेस्सीमा रहेको हुदाँ उनले आफ्नो लय समात्न जरुरी देखिन्छ । कल्बका प्रतियोगितामा मात्रै हाईन उनि देशका लागि पनि अब्बल रहेको साबित गर्न सक्धने दिन आएकाले कोपा अमेरीको उपाधिका लागि पनि फिट रहन जरुरी रहेको छ ।

अपमानको घेराबाट बाहिरिएर अब मेस्सी आफुपनि सक्षम रहेको प्रमाण यो सन् २०१९ मा हुने कोपा अमेरीकाको प्रतियोगितामा दिन सक्छन । त्यसैले उनको अब यो नै अन्त्मि प्रतियोगिता हुने भएका कारण यसमा उपाभ्धि दिलाउन जरुरी देखिन्छ ।