१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन :  मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने



अ+ अ-

चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ । 

महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।  पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो  ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिनुभएको थियो । ६ जना उपाध्यक्षका लागि सातजना र सातजना सचिव पदका लागि नौ जनाको प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा  सुवास नेङ्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी छ । 

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको थियो । केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको थियो । प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेद्वारी दिएका छन्, भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ ।

प्रदेश १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश एक महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि नौजना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूर प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको हो ।

महाधिवेशनले ३०१ सदस्सिय केन्द्रियसमिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटन सत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भएको हो । सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन गरिएको हो । (रासस)