२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलको दुई मिनेट बाँकी रहँदा हिरो बने रोनाल्डो



अ+ अ-

काठमाडौं । पोर्चुगिच फुटबल स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मद्धतले इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गर्‍यो ।

खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राखेको हो । निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
दोस्रो हाफमा लाजियोले अग्रता लियो । ५९ औं मिनेटमा इम्रे च्यानले आत्मघाती गोल गरेपछि घरेलु टोली लाजियोलाई फाइदा भयो ।

७४ औं मिनेटमा जोआओ क्यान्सलोले बराबरी गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । खेलको दुई मिनेट समय बाँकी रहँदा युभेन्टसले पेनाल्टी हान्ने मौका पायो । रोनाल्डोले पेनाल्टीमा कुनै गल्ती नगरी युभेन्टसलाई जिताए ।

रोनाल्डोको यो सिजनको १७ औं लिग गोल हो । जितसँगै शीर्षस्थानमा युभेन्टसले ११ अंकको अग्रता कायम गर्न सफल भएको छ । युभेन्टसले २१ खेलमा ५९ अंक जोड्दा दोस्रो स्थानमा रहेको नेपोलीको ४८ अंक छ । एजेन्सी

आइतबार रातिको नतिजा
चिभो ३–४ फियोरेन्टिना
एटलान्टा ३–३ रोमा
बोलाग्ना ०–४ फ्रोसिनोन
पार्मा २–३ एपिएल
टोरिनो १–० इन्टर