१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईद्धारा नेपाललाई २५५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा युएईले नेपाल सामू २५५ रन लक्ष पेश गरेको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५५ रन बनायो ।

यूएईका लागि सिपी रिज्डवान ४५, साइमान अनवरले ६२, बुटाले अविजित ५९, मोहम्मद नाबिद ११ रनमा नटआउट रहे । गुलाम सकवरले १८ रनको योगदान दिए। अहमत र चिराग शून्य मै आउट भएका थिए ।

युएईको पहिलो विकेटको रुपमा २.५ ओभरमा अहमतलाई सोमपाल कामीले शून्य रनमा आउट पारेका थिए ।

करण केसीले चिराग सुरीलाई ५.६ ओभरमा शून्य र सिपी रिज्डवानलाई ४१.२ ओभरमा ४५ रनमा खेलिरहदा बिनोद भण्डारीको हातबाट क्याच गराएका थिए ।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले गुलाम सकवरलाई १९.४ मा १८ रनमा आउट पारेका हुन् । चौथो विकेटमा मुहमद उस्मानलाई २०.२ ओभरमा २६ रनमा गुमाएको थियो ।उस्मानको विकेट नेपाली टिमका कप्तान पारस खड्काले लिएका हुन् ।