२ मंसिर २०८१, आईतवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’ टेलिकमको अवरुद्ध सेवा सञ्चालन कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भयो धरहरा कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीले गर्‍यो उम्मेदवारी दर्ता कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘स्त्री’ पछि अब श्रद्धा कपुर नागिन बन्ने कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ताबाट अनशन बन्द गर्न आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।

सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ ।उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो ।

गत पुस २६ गतेदेखि डा केसी सोह्रौँ पटक आमरण अनशनमा हुनुहुन्छ । उहाँको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केसीको विरोधमा अनशनरत विजय थापाको स्वास्थ्यस्थिति पनि कमजोर भएको जनाइएको छ ।केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन घोषणा गरेको छ भने त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालले अस्पताल परिसरमा अनशन नबस्न आग्रह गरेको छ ।