२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा एक हप्तापछि हवाई उडान सञ्चालन



अ+ अ-

हुम्ला : भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ । 
सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउँपालिकालगायत अन्य सरकारी कार्यालयका कर्मचारी, सर्वसाधरणले हटाएपछि तारा एयरलाइन्सका तीन वटा जहाजले आज उडान भरेका हुन् । 

आजदेखि उडान भरेका तारा एयरका जहाजले नेपागञ्जदेखि चामल ल्याएको एयरका प्रमुख सरस्वती लामाले जानकारी दिनुभयो । हुम्लीको प्रमुख समस्या खाद्यान्न भएकाले खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । हवाई उडान बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको समेत समस्या देखिँदै आएको थियो । आजदेखि हवाई उडान नियमित हुने विमानस्थलले जनाएको छ ।