७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सम्माननीय प्रधानमन्त्री ओली सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक

सम्माननीय प्रधानमन्त्री ओली सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक
अ+ अ-

काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ‘अठारौं सशस्त्र प्रहरी दिवस २०७५’ विशेष समारोहमा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
उक्त विशेष समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत विशिष्ट अतिथि महानुभावहरुले समेत हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विशेष समारोहमा कर्तव्यको बलिबेदिमा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको सम्मानमा शोक सलामी अर्पण गर्नुकासाथै एक मिनेट मौनधारणा समेत गरिएको थियो ।
सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्दै सोही विशेष समारोहमा संगठनमा लामो समय सेवा गरी स–सम्मान अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा नै प्रदर्शन गरेको देश भक्ति, कर्तव्य परायणता र क्षमताले संगठनको स्थापनाको औचित्य पुष्टि गरिसकेको चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याईपु¥याउन सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको असाधारण मेहनत, परिश्रम र बीरता प्रदर्शनको उल्लेखनिय भूमिका रहेको बताउनुभयो ।
उहाँले राष्ट्र र नागरिकको सेवा र सुरक्षाका खातिर आफ्नो प्राण समेत आहुती दिनुहुने सम्पूर्ण बीरगती प्राप्त अमर सशस्त्र प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै नेपाल सरकारले विगतमा द्वन्द्वको अवस्थामा बीरगति प्राप्त गर्नुभएकाहरुको सम्मान स्वरुप चारवटै सुरक्षा निकायका बीरगति प्राप्त राष्ट्रसेवकहरुलाई सहिद घोषणा गरिएको बताउनुभयो ।
सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपाल देशका सबै ७७ वटै जिल्लाहरुमा रहेर शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने आफ्नो भूमिकामा कृयाशिल र सफल रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार भ्रष्टाचारमुक्त समृद्ध नेपालको सपना साकार पार्न निरन्तर लागिरहेको बताउनुभयो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यअवसरमा संगठनमा आवद्ध रहेर देश सेवा गर्दागर्दै विभिन्न परिस्थितीमा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सबै दिवंगत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै कर्तव्यपथमा रहदा घाइते तथा अंगभंग भएका सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाल आम नेपाली जनताको भरोसायुक्त संगठनको रुपमा आफुलाई उभ्याउन सफल रहेको चर्चा गर्नुहुँदै यस संगठनले आजको अवस्थामा राष्ट्रिय सुरक्षाकोसाथै संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खटिई उत्कृष्ट कार्य गर्न सफल रहेको बताउनुभयो ।
गृहमन्त्री थापाले संघीयताको कार्यान्वयनसँगै देश नयाँ सिराबाट अगाडी बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपालको काँधमा विशेष जिम्मेवारी रहेकोले चलायमान सुरक्षा निकायको रुपमा अहम भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी समेत रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपाललाई समयानुकुल पुनःसंरचना गरी कार्यान्वयमा समेत ल्याइसकिएको चर्चा गर्नुहुँदै राष्ट्रको सीमा सुरक्षा, विपद व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षाकोसाथै राजस्व संकलन लगायतका कार्यहरुमा संगठनले उल्लेखनिय योगदान पुर्याउँदै आएको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त विशेष समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सदैव उच्च सतर्कताकासाथ जिम्मेवारी निर्वाह एवं उत्तरदायित्व वहन गरी प्रभावकारी ढंगले सुरक्षा व्यवस्था मिलाउन उत्प्रेरीत रहेको तथा संगठनले कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले संगठनलाई महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गर्ने सिलसिलामा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व। कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरी प्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनाको क्रममा घाइते भएका राष्ट्रसेवकहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको अभिभावकत्व तथा देश र देशवासी प्रतिको कर्तव्य, जिम्मेवारी, चिन्ता र चिन्तनले गर्दा संगठनले आफ्नो सेवा र सुरक्षाको क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्षम भएको चर्चा गर्नुहँुदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकालवाला निकायहरुसंग सहकार्य गर्दै अगाडी बढ्न सशस्त्र प्रहरी बल, नेपाल प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रसेवकहरुले आफ्ना स्वार्थलाई थाती राखेर देश र जनताका लागि के दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भई जिम्मेवारी निर्वाहमा तल्लीन रहनु पर्ने बताउनुभयो ।
उहाँले देश र जनतालाई शीरमा राखेर तन, मन र वचनकासाथ प्रतिवद्ध रही कार्यक्षेत्रमा परिचालित रहनु पर्ने बताउनुुहुँदै यसबाट सुरक्षा क्षेत्रमा चालिएका प्रयासहरु सार्थक हुने उल्लेख गर्नुभयो ।