• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

मिनेन्द्र रिजाल र गोकुल बाँस्कोटाको दोहोरी गीत




आज पूर्व र वर्तमान सञ्चारमन्त्रीबीच दोहोरी गीत चलेको छ । संसदमा नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई ब्यंग्य गरेका थिए । उनले एउटा नेपाली गीत गाएर प्रधानमन्त्रीलाई ब्यंग्य गरे ।

संसदमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै एउटा नेपाली गीत आउँछ भन्दै गीत गाए–नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग आफ्नो रुप देखेर आफै हुन्छु दंग । उनले प्रधानमन्त्री केपी ओलीले आफैलाई देखेर आफै दंग हुने गरेको बताएका थिए ।

प्रधानमन्त्री हिजोआज नेपाली जनतालाई हेरेर होइन कि आफ्ना दुई तिहाइ बहुमत देखेर मात्र आफै दंग पर्ने गरेको र अनशनमा बसेका गोविन्द केसी र उनको समर्थनमा रहेका सारा देशवासीको कुरा पनि नसुनेको आरोप लगाएका थिए ।

यता त्यस गीतको जवाफ वर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सालको पात टपरी हुने नहुने सल्लैको भन्ने गीतबाट जवाफ दिएका थिए । मन्त्रिपरिषदको बैठकका निर्णय जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले संसदमा बहुमत हुनेले नै विधेयक पारित गर्ने हो पास गर्ने हो भनेका थिए ।

उनले उक्त गीतमार्फत नेपाली काँग्रेसलाई ब्यंग्य गर्दै भनेका थिए– एउटा गीत आउँछ नि हिजोआज सालको पात टपरी हुने नहुने सल्लैको भनेजस्तै बहुमतले कानुन पारित हुने नहुने अल्पमतको भनेजस्तै हो । उनले संसदमा बहुमत हुने दलले नै देशका लागि आवश्यक पर्ने कानुन बनाउने जिम्मा जनताबाट पाएको भन्दै यसमा काँग्रेसलाई टाउको दुख्नुपर्ने कारण पनि केही नभएको बताएका थिए ।