११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.16

Wind: 5.14

Humidity: 14

Latest
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने माईतीघरमा चिकित्सकहरुको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्र रिजाल र गोकुल बाँस्कोटाको दोहोरी गीत



अ+ अ-


आज पूर्व र वर्तमान सञ्चारमन्त्रीबीच दोहोरी गीत चलेको छ । संसदमा नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई ब्यंग्य गरेका थिए । उनले एउटा नेपाली गीत गाएर प्रधानमन्त्रीलाई ब्यंग्य गरे ।

संसदमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै एउटा नेपाली गीत आउँछ भन्दै गीत गाए–नयाँ नयाँ जवानी छ नयाँ नयाँ रंग आफ्नो रुप देखेर आफै हुन्छु दंग । उनले प्रधानमन्त्री केपी ओलीले आफैलाई देखेर आफै दंग हुने गरेको बताएका थिए ।

प्रधानमन्त्री हिजोआज नेपाली जनतालाई हेरेर होइन कि आफ्ना दुई तिहाइ बहुमत देखेर मात्र आफै दंग पर्ने गरेको र अनशनमा बसेका गोविन्द केसी र उनको समर्थनमा रहेका सारा देशवासीको कुरा पनि नसुनेको आरोप लगाएका थिए ।

यता त्यस गीतको जवाफ वर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सालको पात टपरी हुने नहुने सल्लैको भन्ने गीतबाट जवाफ दिएका थिए । मन्त्रिपरिषदको बैठकका निर्णय जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले संसदमा बहुमत हुनेले नै विधेयक पारित गर्ने हो पास गर्ने हो भनेका थिए ।

उनले उक्त गीतमार्फत नेपाली काँग्रेसलाई ब्यंग्य गर्दै भनेका थिए– एउटा गीत आउँछ नि हिजोआज सालको पात टपरी हुने नहुने सल्लैको भनेजस्तै बहुमतले कानुन पारित हुने नहुने अल्पमतको भनेजस्तै हो । उनले संसदमा बहुमत हुने दलले नै देशका लागि आवश्यक पर्ने कानुन बनाउने जिम्मा जनताबाट पाएको भन्दै यसमा काँग्रेसलाई टाउको दुख्नुपर्ने कारण पनि केही नभएको बताएका थिए ।




भर्खरै