२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरियापुत्री भवनलाई साढे तीन लाख



अ+ अ-

दमौली । तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धु्रवकुमार प्रधानले रु तीन लाख ५१ हजार सहयोग गर्नुभएको छ ।

प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई सोमबार हस्तान्तरण गर्नुभयो । प्रधानले भन्नुभयो, “व्यवसायबाट आर्जन भएको केही रकम सामाजिक क्षेत्रमा खर्चने इच्छाबमोजिम भवन निर्माणका लागि सहयोग गरेको हुँ ।”

भवन निर्माण समितिका अध्यक्ष लम्सालले भन्नुभयो, ‘शहरको साँघुरो र घना बसाइँमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महुसुस गरी भवन निर्माण शुरु गरेका हौ ।’उहाँका अनुसार भवन निर्माणका लागि मङ्सिर मसान्तसम्म रु २७ लाख ३६ हजार ८७१ प्राप्त भएको छ । भवन निर्माण गर्न जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्था, जिल्ला बाहिरका व्यवसायी र विदेशमा रहेका नेपालीले सहयोग गरेका छन् ।

भवन निर्माणमा हालसम्म रु ४८ लाख ९७ हजार ३ सय ४८ खर्च भएको छ । भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेकाले कोठा थप गर्ने योजना बनाइएको छ । भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ ।