७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरियापुत्री भवनलाई साढे तीन लाख



अ+ अ-

दमौली । तनहुँको दमौलीमा बन्दै गरेको किरियापुत्री भवनका लागि व्यवसायी धु्रवकुमार प्रधानले रु तीन लाख ५१ हजार सहयोग गर्नुभएको छ ।

प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई सोमबार हस्तान्तरण गर्नुभयो । प्रधानले भन्नुभयो, “व्यवसायबाट आर्जन भएको केही रकम सामाजिक क्षेत्रमा खर्चने इच्छाबमोजिम भवन निर्माणका लागि सहयोग गरेको हुँ ।”

भवन निर्माण समितिका अध्यक्ष लम्सालले भन्नुभयो, ‘शहरको साँघुरो र घना बसाइँमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महुसुस गरी भवन निर्माण शुरु गरेका हौ ।’उहाँका अनुसार भवन निर्माणका लागि मङ्सिर मसान्तसम्म रु २७ लाख ३६ हजार ८७१ प्राप्त भएको छ । भवन निर्माण गर्न जिल्लाका विभिन्न व्यक्ति तथा सङ्घसंस्था, जिल्ला बाहिरका व्यवसायी र विदेशमा रहेका नेपालीले सहयोग गरेका छन् ।

भवन निर्माणमा हालसम्म रु ४८ लाख ९७ हजार ३ सय ४८ खर्च भएको छ । भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेकाले कोठा थप गर्ने योजना बनाइएको छ । भवनमा कुरुवाहरु बस्ने कक्षबाहेक आठ कोठा रहेको छ ।