![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/tiger.jpg)
चितवन । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहनुभएको छ ।
राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ ।