७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा एक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-२ बस्ने ३५ वर्षीय केदार मल्ल रहेका छन् ।

मल्ललाई चन्द्रागिरी नगरपालीका–१५ कलंकी ढुंगेअड्डामा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा उनले कागजपत्र नभएको भन्दै घुस दिन खोजेका थिए।

यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।