११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वाइडबडी काण्ड : कतै हराएको छैन र सेलाएको पनि छैन

वाइडबडी काण्ड : कतै हराएको छैन र सेलाएको पनि छैन
अ अ+ अ-

काठमाडौं । सरकारले वाइडबडी प्रकरणको छानबिन नरोकिएको स्पष्ट पारेको छ। वाइडबडी अनियमिततालाई सरकारले लुकाउन खोजेको भन्दै आलोचना हुन थालेपछि सरकारले छानबिन जारी रहेको स्पष्टिकरण दिएको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकार वाइडबडीमा संवेदनशील रहेको बताए।

‘प्रमुख प्रतिपक्षी दलका नेताले रोस्टममा उभिएर छानबिन माग गरेपछि सरकारले छानबिन अगाडि बढाएको हो’, मन्त्री बाँस्काटोले कांग्रेसप्रति इंगित गर्दै भने, ‘वाइडबडी कतै हराएको छैन। सेलाएको पनि छैन। अस्तिसम्म मान्छेका हातहातमा ठूल्ठूला वाइडबडी देखेको थिएँ।’

माघ २१ गते प्रतिपक्षी कांग्रेसले विरोध कार्यक्रममा वाइडबडी जहाजको डमी बनाएर प्रदर्शन गरेको थियो। कांग्रेसले वाइडबडी अनियमितामा सरकार संलग्न रहेको र छानबिनप्रति गम्भीर नरहेको आरोप लगाएको छ।

पुस १९ मा ४५ दिन समय दिएर सरकारले पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक आयोग गठन गरेको थियो। आयोगमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य छन्। आयोगको समय सकिन लाग्दा समेत काम सुरु गर्न नसकेकोबारे मन्त्री बाँस्कोटाले भने, ‘यसबारे सरकारलाई जानकारी छैन, तर आयोगका सदस्यले समय दिन सकेका छैनन भने त्यसलाई पूर्णता दिएरै छानबिन अगाडि बढाउँछौं।’

नेपाल वायु सेवा निगमले ल्याएका दुईवटा वाइडबडी जहाजमा चार अर्बभन्दा बढी घोटाला भएको प्रतिवेदन लेखा समितिले सार्वजनिक गरेको थियो।

लेखा समितिले जहाज ल्याउने प्रक्रियामा संलग्न दुईमन्त्रीसहित बहालवालामन्त्री रवीन्द्र अधिकारीलाई कारबाही सिफारिस गरेको थियो। तर, सरकारले लेखा समितिको प्रतिवेदनलाई अस्वीकार गर्दै छुट्टै न्यायिक आयोग गठन गरी छानबिन गरेको छ।

एक अर्को प्रशंगमा बाँस्कोटाले सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी र सदस्यले राजिनामा बुझाउनु नौलो नभएको प्रतिक्रिया दिए। ‘यो नौलो होइन, संस्था रहेसम्म व्यक्ति फेरिरहन्छन्’, उनले भने, ‘हाम्रो काम भनेको द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पु¥याउने हो।’

संक्रमणकालीन न्यायबारे पश्चिमा मुलुकले देखाएको चासोप्रति मन्त्री बाँस्कोटाले भने, ‘यसमा अन्तर्राष्ट्रिय समुदाय भन्दा नेपालीकै चासो बढी होला। युद्धबाट पीडित हामी नेपाली नै हौं। कोही विदेशी पीडित भएन होला नि।’

तत्कालीन द्वन्द्वरत पक्ष राजनीतिको मूलधारमै रहेको र द्वन्द्वकालीन मुद्दा समाधानका लागि गम्भीर रहेको बताए। ‘हामी गला मिलाएर हिँडिरहेका छौं। सबैजना समाधान खोजीरहेको छौं’, उनले भने, द्वन्द्वकालीन मुद्दालाई ब्यूताएर बाँदरले घाउ कोट्याएजस्तो नकोट्याऔ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।