८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव

स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव
अ अ+ अ-

परवानीपुर (बारा)–उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने उल्लेख गर्दै यसलाई पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको औल्याउनु भएको छ ।

उपराष्ट्रपति यादवले मधेश प्रदेशको बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले सोमबार स्वर्ण महोत्सव अवसरमा अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उक्त विषय औल्याउनु भएको हो ।

‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ’ उहाँले भन्नुभयो, ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।’

उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताउनुभयो । ‘अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छु ’ उहाँले भन्नुभयो, ‘अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गर्नु सकारात्मक छ । ’
उपराष्ट्रपति यादवले अस्पतालले विभिन्न आँखा सम्बन्धी स्वास्थ्य सेवाहरू र आधुनिक प्रविधियुक्त प्रयोगशालाहरू मार्फत उत्कृष्ट उपचार प्रदान गरेको उल्लेख गर्दै अस्पताललाई भविष्यमा पनि उत्कृष्ट सेवा मार्फत् मुलुककै नमुना आँखा उपचार केन्द्रको रूपमा विकसित गर्नुपर्ने बताउनु भयो ।

उहाँले स्वर्ण महोत्सवको अवसर पारेर शिलान्यास गरिएका नवनिर्मित भवन र दृष्टि स्तम्भको अनावरणले अस्पताललाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै अस्पतालले थप समर्पित भावबाट आँखा रोगहरूको निदान, उपचार र सर्जरीमा केन्द्रित अन्य सबै सेवाहरू प्रदान गर्दै आपतकालीन सेवाहरू थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समारोहमा हीरालाल केडिया ज्योतिर्गमय सम्मान एवम् पुरस्कार पाउनु भएकाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अस्पतालको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

उपराष्ट्रपति यादव गृह जिल्ला बारा पुग्दा उहाँसंग विभिन्न महानुभावहरुले शिष्टाचार भेटघाट गर्नुभएको थियो । उहाँ सोमबार बिहान बारा पुगेर केडिया आँखा अस्पतालको कार्यक्रममा सरिक भई साँझ काठमाडौं फर्कनु भएको छ ।