२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

स्वयम्भू महोत्सवमा कुटुम्बको मनमोहक प्रस्तुति

स्वयम्भू महोत्सवमा कुटुम्बको मनमोहक प्रस्तुति
अ अ+ अ-

काठमाडौं: स्वयम्भू महोत्सव २०८१ मा चर्चित नेपाली साँगितिक समूह ‘कुटुम्ब’ ले आफ्नो सशक्त प्रस्तुति दिँदै दर्शकहरूलाई मुग्ध पारेको छ ।

परम्परागत बाजागाजाको आधुनिक समायोजनमार्फत नेपाली मौलिक संगीतलाई जीवन्त राख्ने कुटुम्बले महोत्सवमा लोकधुनका विविध रचनाहरू प्रस्तुत गरेको थियो ।

स्वयम्भूको ऐतिहासिक र धार्मिक परिवेशबीच मादल, सारंगी, बाँसुरी, ढोलक, तथा अन्य पारम्परिक वाद्ययन्त्रको लयले दर्शकलाई सांगीतिक यात्रामा डुबायो। समूहले ‘रेशम फिरिरी’, ‘सानु’, ‘कुटुम्ब थिम’ जस्ता लोकप्रिय धुनहरू प्रस्तुत गर्दा माहोल नै ऊर्जाशील बन्यो। कार्यक्रममा स्थानिय कलाकारहरु र कुटुम्बको टोलीले सयुक्त प्रस्तुती समेत दिएको थियो ।

महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम भइरहेका छन्। कुटुम्बको प्रस्तुतिले न केवल सांगीतिक रमाइलो प्रदान गर्‍यो, बरु नेपाली लोकसंगीतको महत्त्व झल्काउँदै मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महोत्सवको ध्येयलाई बल पुर्‍याएको छ।

स्वयम्भू महोत्सवमा अझै केही दिन विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुनेछन्, जसमा विभिन्न कलाकार तथा सांगीतिक समूहहरूको सहभागिता रहनेछ। नेशनल बाथरोग सेन्टरको सचेतनामुलक अभियान स्वस्थ जीवनका लागि सुमधुर संगित भन्ने नारा सहित कुटुम्बले प्रस्तुती दिएको थियो ।

स्वयम्भू भगवान पाउमा रहेको भुखेल चौरमा गत १० गते देखी एक साता सम्म पुर्खाको पौरख नेपालीको गौरवूको नारा सहित महोत्सब चलिरहेको छ ।