२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्स्पेक्टर सन्तोषीको मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ



अ+ अ-

काठमाडौँ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

परिवारले दिएको आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा अनुसन्धानको लागि इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

पक्राउ परेका इन्स्पेक्टर भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत छन् । सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए । सन्तोषी र उनी प्रेम सम्बन्धमा रहेका बताईएको छ ।

इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।