४ पुष २०८२, शुक्रबार
,
Latest
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात



अ+ अ-

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो ।

“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो । गत आवको सात महिनाको अवधिमा भने रु एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट रु ४३ अर्ब ११ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट रु ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा रु ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालु आवको सात महिनामा रु २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा रु १४ अर्ब ४९ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको सात महिनाको अवधिमा रु २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा रु तीन अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ । रासस




भर्खरै