१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन् ।

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।

चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको अस्पतालका एक जना अधिकृतले बताए । नाक, कान, घाँटी विभागका चिकित्सकहरुको निगरानिमा उनको उपचार भईरहेको छ ।