१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोला प्रणालीबाट पेसी तोकियो, प्रधानन्यायाधीशको अधिकार कटौती



अ+ अ-

काठमाडौ। नेपालको न्यायिक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै कात्तिक ८ गतेदेखि ईजलास बहिष्कार गरेर बिद्रोह गरेका न्यायाधीशहरु गोला प्रणाालीबाट पेसी तोकिएपछि काममा फर्किएका छन् ।  

गोला प्रणालीबाट तोकिएको पेसीमा आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । गोला प्रक्रियाबाट तोकिएको पेसीमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की  र न्यायाधीश टंकबहादुर मोक्तानको सयुक्त ईजलास गठन भएको छ ।  यसैगरी न्यायाधीश मीरा खड्काको एकल इजलास र न्यायाधीश हरिकृष्ण कार्कीको र सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ । यसै गरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास गठन भएको छ ।

यसैगरी  न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठ संयुक्त इजलास गठन भएको छ यसै गरी न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ । गोला प्रणालीबाट तोकिएको ईजलासमा  डा.आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ ।  यसै गरी न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।

त्यस्तै प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को सयुक्त इजलास गठन भएको छ । यसै गरी  सपना प्रधान मल्ल र प्रकाश ढुंगाना तथा न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहनु भएको सयुक्त ईजलास गठन भएको छ ।  हाल सम्म प्रधानन्यायाधीशले इजलास गठन र पेशी तोक्ने कार्य हुदै आएको थियो ।  आज न्यायधीसहरुले एउटा थैलीमा राखिएको मुद्दाको सुचीबाट गोला थुतेका थिए ।