११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

दुई पर्खालले घेरिएको अमेरिकी राजनीति

दुई पर्खालले घेरिएको अमेरिकी राजनीति
अ अ+ अ-

एकराज पाठक 
काठमाण्डौं, अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन । 
उहाँले आफ्नो प्रशासनको प्रतिष्ठासँग जोडेर प्राथमिकतामा राखेको मेक्सिकोसँगको पर्खाल निर्माणको निकास गत जनवरी २५ मा गरेको हस्ताक्षरले दिँदैन । सरकारी खर्चसम्बन्धी संसदले पारित गरेको विधेयकमा उहाँले हस्ताक्षर त गर्नुभयो तर त्यो तीन हप्ताका लागि मात्र भनेर । यसरी अहिलेका लागि सरकारी खर्चको गाँठो यही फेब्रुअरी १५ तारिखसम्म फुकेको मात्र हो । 
विश्वकै एक शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपतिकै आफ्नो माग पूरा नहुँदा अमेरिकामा ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब ८ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए । जुन आर्थिक गतिरोध अमेरिकी इतिहासकै सबैभन्दा लामो समयको हो भनिएको थियो । 
आफ्नै सरकार तथा संसदसमक्ष अमेरिकी राष्ट्रपति ट्रम्पको एक बेजोड माग– छिमेकी देश मेक्सिकोसँगको पर्खाल हो । जुन उहाँको आफ्नो राष्ट्रपतीय निर्वाचन र त्यसयताकै एउटा प्रमुख एजेण्डा हो । आफू सत्तामा आएपछिकै पहिलो प्राथमिकतामा परेको हो यो पर्खाल । जसले बेला बेलामा अमेरिकी राष्ट्रपतिलाई तनाव तथा विवादमा ल्याइ नै रहेको हुन्छ । 
यसलाई विपक्षी डेमोक्र्याटिक दल, केही आफ्नै रिपब्लिकन सदस्य र देशवाशीहरु सम्भव ठान्दैनन् । तर राष्ट्रले जतिजति यस एजेण्डालाई सम्भव ठान्दैन त्यति नै यो राष्ट्रपति ट्रम्पको प्रष्ठिानको प्रश्न बन्दै जाने गर्दछ । राष्ट्रपति ट्रम्पको यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ । सोही कारणले यसको बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति राकिदिनुभएको हो । 
संसद र विपक्षी पर्खाललाई बजेट छुट्याउनेमा सहमत भइसकेका छैनन् तर पनि राष्ट्रपति ट्रम्पले भने यही फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरिदिनुभएको छ । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने नै अहिलेका लागि उहाँको मुख्य माग हो । 
राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल निर्माणका लागि अहिलेलाई करिब ६ अर्ब अमेरिकी डलर बजेट छुट्याउन माग गर्नुभएको छ । संसदले सो बजेटको व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएको छ । खर्च अनुमति सहजै नदिने ट्रम्पको विगतदेखिकै चेतावनी हो । तर अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी ३ साताका लागि मात्र खर्चको कोष दिने सहमति गत २५ जनवरीमा भएको हो र त्यसैबमोजिम राष्ट्रपति ट्रम्पले सो विधेयकमा हस्ताक्षर गर्नुभएको हो । 
राष्ट्रपति ट्रम्पले सन् २०१६ को आफ्नो निर्वाचन अभियानको मुख्य एजेण्डा नै यही सिमा निर्माणलाई बनाउँदा त्यसताका अमेरिकीहरु खुबै हासेका थिए । अहिलेको विश्वले पर्खालले छेकेर नछेकिने उनीहरुको भनाई थियो । अहिले पनि उनीहरु आफ्नो कुरा राष्ट्रपति ट्रम्पले नसुनेको गुनासो गर्छन् र पर्खाल निर्माण सम्भव छैन भनिरहेका छन् । फेरि विपक्षीको यो कुरा सुन्न पनि राष्ट्रपति ट्रम्प तयार हुनुहुन्न । 
यसरी राष्ट्रपति ट्रम्प नै पर्खाल निर्माणको आफ्नो पुरानो एजेण्डाबाट पछि नहटेपछि यतिखेर यो पर्खालको बारेमा विश्वाव्यापी रुपमा चासो बढेको देखिन्छ । त्यो पर्खाल कत्रो हो र त्यसको लागत कति हो भन्ने विषयको खोजी यतिखेर लगभग संसारभरि नै गरिएको पाइन्छ । त्यही पर्खालकै वरिपरि नै अहिले अमेरिकाको राजनीति फन्फनी घुमिरहेको देखिन्छ । 
मेक्सिकोसँगको सिमानामा बन्ने भनिएको सो पर्खालाको लम्बाई करिब ३ हजार १०० किलोमीटर रहेको छ । यति क्षेत्रमा बन्ने त्यो पर्खाल करिब २५ देखि ३० फिट अग्लो र पाँचदेखि सात फिट चौडाइको हुनेछ । अहिलेका लागि गरिएको अनुमान यही हो । देशले यति धेरै खर्च कदापि गर्न सक्दैन र यस्तो अनुत्पादक क्षेत्रमा खर्च गर्नुपनि हुँदैन भन्नेमा अधिकांश अमेरिकीको मत छ । 
यसको लागतको अनुमानमा मतैक्यता देखिँदैन । कतिपयले यो पर्खाल १२ देखि १५ अर्बसम्ममै तयार हुन्छ भनेका छन् भने कतिपयको अनुमान त्यो भन्दा निकै धेरै छ । अमेरिकी मिच म्याक केनलले यसको लागत १२ देखि १५ अर्बसम्म हुने अनुमान गरेका छन् । अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोष्टले छ महिनाअघि गरेको एक सर्वेक्षणले यो पर्खालको अनुमानित लागत २५ देखि ३० अर्ब डलर भनी सार्वजनिक गरेको छ । तर यहाँका इन्जिनियरहरुको अनुमान भने त्यो भन्दा अझै धेरै छ । उनीहरुले यसको लागत कम्तीमा ४० देखि ५० अर्ब डलर बराबर लाग्छ भन्ने छ । तर यसको खर्चको स्रोत भने यहाँ कतै उल्लेख गरिएको छैन । 
त्यसो त पर्खाल कति किलोमीटर बनाउने भन्ने कुरा नै अझै स्पष्ट छैन । यसको करिब ३ हजार १०० किलोमीटर लम्बाई भएपनि कति क्षेत्रमा पर्खाल बनाउनुपर्ने भन्ने यकिन छैन । राष्ट्रपति ट्रम्प यसमध्ये कैयौँ स्थानमा प्राकृतिले नै पर्खालको काम गरेको छ जस्तो भीर, डाँडाहरु रहेकोले ती स्थानमा बनाउनु नपर्ने बताउनु हुन्छ । त्यसैले पर्खाल निर्माण गरिनुपर्ने लम्बाई नै यकिन छैन भन्दा हुन्छ । 
पर्खाल निर्माण गर्नैपर्ने कारण चाहिँ राष्ट्रपति ट्रम्पले अमेरिका छिर्नेे अवैध आप्रवासीहरुको चाप रोक्न हो भन्ने गर्नुभएको छ । र उहाँकाअनुसार धेरैजसो आप्रवासीहरु मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । त्यसमा पनि मेक्सिकनहरु धेरै छन् । उहाँको परिभाषामा मेक्सिकी र यसरी अवैध रुपमा प्रवेश गर्ने नागरिकबाट अमेरिका असुरक्षित हुन थालेको छ । यहाँ बढीजसो हुने गरेका गोलीकाण्ड र लुटपाटका घटनामा यीनै आप्रवासीको बढी हात रहेको छ । त्यसैले यहाँ हत्या, हिंसा र लुटपाटका घटना रोक्नका लागि सबैभन्दा पहिला मेक्सिकन र त्यसपछि त्यो बाटो हुँदै अमेरिका छिर्ने आप्रवासीहरु रोक्नुपर्छ । 
आप्रवासी छिर्न रोक्ने यो पर्खाल त यी दुई देशको सिमा क्षेत्रमा भयो । तर अमेरिकी राजनीतिलाई फनफनी घुमाएको अर्काे एक सांकेतिक पर्खाल उत्तर र दक्षिण अमेरिकाको बीचमा छ । त्यो मेक्सिकोको सिमाकोजस्तो नापो र खर्चको होइन तर सांकेतिक भएपनि अमेरिकी राजनीतिलाई केही मात्रामा भने बेरेकै छ । 
केही वर्ष यताको अमेरिकीको एउटा ठूलो चासो उत्तर कोरिया पनि हो । यसै हप्ताको एक सम्बोधनमा राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो– यदि मैले गतवर्ष उत्तर कोरियाली नेता किम जोङ उनलाई नभेटेको भए यतिखेर अमेरिका र उत्तर कोरिया युद्ध गरिरहेका पनि हुनसक्थे । उहाँले भनेजस्तै युद्ध नै त हुन्थ्यो या हुदैनथ्यो तर उत्तर कोरियाको आणविक परीक्षणले अमेरिकीको मनमा युद्धको त्रास भने जमाएको हुनसक्थ्यो । 
गत जुन १२ मा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको भेटपछि कोरियाली प्रायद्धीपमा शान्ति छाएकै छ । यसले अमेरिकीमा युद्धको त्रास हटाउन नसकेपनि घटाएको चाहिँ छ । उत्तरले निशस्त्रीकरणमा प्रतिबद्धता गरे अनुसार केही मात्रामा पालना गरेकै देखिन्छ । यसले महिनै पिच्छेका उत्तर कोरियाली आणविक परीक्षण र त्यहाँका नेताको धाकधम्कीपूर्ण वक्तव्यका समाचारलाई रोकिदिएकै छ र सम्भावित युद्धको त्रासलाई केही हदसम्म भए पनि दुर गरेको मान्नुपर्छ । 
एकाध बाहेक सबैजसो दक्षिण कोरियालीहरु उत्तर र दक्षिण कोरियाका बीचका हालको पर्खाल पूर्वी र पश्चिमी जर्मनीको बर्लिनको पर्खाल झैँ ढलाउन चाहन्छन् । यसको प्रार्थना यतिखेर दक्षिणका कैयौँ चर्चहरुमा जारी छ । तर यो काम न दक्षिण र नत उत्तरकै नागरिकले मात्र चाहेर सम्भव छ । त्यसमा अमेरिकी भूमिका सर्वत्र जगजाहेरै छ । उत्तर र दक्षिणका जस्तै अमेरिकी नागरिक पनि त्यो पर्खाल ढलेको राम्रो मान्छन् । 
सिमामा पर्खालजस्तै उत्तरसँगको बढी हिमचिम पनि अमेरिकी विपक्षीहरुको अनिच्छाको विषय हो । यद्यपि किमसँगको भेट राष्ट्रपति ट्रम्पको एउटा साहसिक निर्णय त हो नै । त्यसैले यता जसरी पर्खाल निर्माणमा राष्ट्रपति ट्रम्पले अडान लिइरहनुभएको छ, त्यस्तै दृढता उता दुई कोरियाबीचको पर्खाल ढाल्ने काममा लिन सक्नुभएन भने यहाँको राजनीति अरु कैयौँ वर्ष यसैगरी दुई पर्खालले घेरिइरहने छ । यसै महिना भियतनाममा हुन लागेको किमसँगको दोस्रो शिखर भेटअघि राष्ट्रपति ट्रम्पका लागि यो एक महत्वपूर्ण सुझाव हो । रासस