२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएको अवस्थामा महिलाको शव फेला



अ+ अ-

जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो ।

टाउकाभरि घाऊ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।