११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

“झरी, भावुकहरु र भित्तोको कथा”

“झरी, भावुकहरु र भित्तोको कथा”
अ अ+ अ-


अस्ति बिहानी पख घरबेटिको 6 बर्षे नातीले कौशीबाट उता फर्केर मिर्गौला मन्तिरको थैलो हल्का गरेछ।
तल जस्ताको छाना मुनि केही भावुक भाईहरु बस्थे।
फेस्बुकाँ मसंग नि एड थिए। 30 सेकेन्डको अनौठो झरी बारे तिन्ले असरल्ल भाव लेखे छ्न भित्ता भरी।
यो घटनाले मेरो अबोध मस्तिष्कमा ठुलै हलचल मचायो। यो लेख त्यसैको एउटा उट्पट्याँग हो।
कसैको निजि जिन्दगी संग मेल खाएमा त्यो भावुक मात्रै हुने छ ।

म सोच्छु यो झरी पर्दा, बिजुली चम्किँदा एकाएक साहित्यको भुत छिर्ने कस्तो काईदा होर ?
झरी रोकिँदा कहाँ जान्छ त्यो भावर ?
कसैले पानी रोकियो अब धर्ति हेर्नुपर्छ भनेको नि देखिँदैन, कसैले बादल फाट्यो अब आकाश नियाल्नु पर्छ भनेको नि सुनिँदैन।

येसो निस्किएर हेरेँ ती भित्ते भाबुकहरु मध्येका बहिरमुखिहरु झरी पछि चिया पसलमा प्रवचन दिदाँ रहेछन्।
यी अलि चेतनशिल, हरेक परिवर्तनको जनकारी राख्ने।
आजको चर्चाको मुख्य विषय ‘मौसम पुर्वानुमान शाखाले ठ्याक्कै मौसम मिलायो रे। क्या गजब भयो रे ! क्या अद्भुत।’

अर्का थरी एकदम प्रेमिल।
अलि पराक्रमी तर उदार स्वभावकास छाता बोकेर दोबाटोमा बस्ने। कोहि बिचरी भिजेकी छ भने , ‘नाता नभए नि छाता त छ।’
यिन्को संघर्षको कथा फेरि बेग्लै छ।
यस्ता प्राय फेसबुक पेजका एड्मिन हुने रैछ्न फेरि।
यिन्ले बेलाबेला पैसो उठाएर, झरि पीडितलाई छाता नि किन्दिन सक्छन। उन्को पनि रेनकोटको जोहो हुन्छ।
गरि खाउन न त। हैन ? हाम्लाई के को टन्टो। पौरखीले पहरो त फोर्छ। यिन्ले केइ जोर नयाँ जुत्ता लुगा समाजसेवा गर्दा जोडे त के को टाउको दुखाईरु सके तिमी नि गर क्यारे।
लास्टमा फेरि रंगीचंगी त तेइ भित्तै हो फेरि येस्ले नि।

गोजिमा अलि दाम भएकाहरुलाई त मौसमले च्यालेन्ज नै गरि हाल्छ।
यि पनि फेरि दुई खालकास एउटा सुरा प्रेमी अर्का सुन्दरीप्रेमी।
पहिलाले राजस्वको भारा उठाई दिन्छन् अर्का
मेडिकल पसलका सहारा।
धन्य छ यो मौसम ।
भरे यिन्ले कस्ता कस्ता नारंगी भवनाहरुले भित्तो भर्ने हुन।
मै लठेप्रोलाई त, जुग पछि एउटा उड्न्ते लेख फुरि सक्यो याँ।

अहँ ! अनि फेरि,
अर्का अन्तर्मुखी भाबुकहरु नि छ्न है। मोबाईल घोच्यो। तरुनीलाई ‘हाई’, ‘तिमी संग बोलुँबोलुँ लाग्छ, तिम्लाई खुसी पारुँपारुँ लाग्छ’ भन्यो।
अनि तरुनी भन्दी रैछ, ‘ओह ! थ्यान्क्यु सो मच’ आँखामा पानका राता पात बाल्दै, ‘आई लभ यू टु दाइ !’

एउटा प्रेम सक्यो यहिँ। यिनी हरु हुन फेरि ‘दाइ पीडित’।
अर्को पलमा छाताछुल्ल केही हृदयबिदारक प्रेमिल भावका हरफहरु, भित्ता भरी।
मानौ देवदास अलि कम पागलप्रेमी थ्यो इनका अगिल्तिर।
प्रेम त अन्तरमा हुन्छ, मान्छे न फरक हो ब्यक्त गर्नलाई, प्रगतिवादी हुन्छ्न फेरि यी भावुक।
अर्कि नयाँ तरुनी खोज्यो, खेल्यो फेरि भवनाको जुवा। दाउ लागे मारा ! नलागे एक दुई निठुर प्रेमका नारा।
लास्टाँ दुस्ख पाउने चैँ फेरि उइ भित्तो।

मैले युवतीहरुको कुरो यहाँ निकालिन। कारण मलाई फेमिनिस्टहरु देखि एक्दमै डर लाग्छ। तिन्ले ऐले यो लेख देखे भने। ‘झरी किन भनिस ? नामको अन्त्यमा ईकारले स्त्री जनाउँछ। कि ‘झरो’ भन कि ‘झरू मात्र भन।’ भनेर मेरो खेदोपाईलो गर्न सक्छ्न। हक्की भए नि हरेक पति आफ्नी पत्नीको अगाडि त भिगी बिल्लि नै हो नि। फेरि मैले आदरणिय फेमिनिस्ट ज्युहरु जम्मैलाई स्वास्निमानिस भनेको हैन नि। अर्थको अनर्थ गर्न पाईँदैन है।

अरुले फेरि मेरा साथीहरु चैँ अटाए छ्न याँ। मेरो त कुरै आएन। यस्तो नि लेख हुन्छरु म हुँ खास्साको अस्लि भावुक। मेरा चर्तीकला माथी नि चाईयो त काईदाको एउटा लेख भन्नु होला। स्वयं शारदा र हजार टाउको भएका शेष नागले त बर्णन गर्न नसकेको म एकै पटकमा कसरी बर्णन गरौँ भवुकहरुका बहुआयामको। समाबेशी हुदाँ फेरि समा हटेर बेसि मात्र हुन सक्ने कुराको बिश्वस्तरिय उदाहरण त स्वयं हाम्रो देश छ्दैँ छ। त्यो खै सम्झ्या तपाईंलेरु फेरि पढ्नेहरूलाई बौद्धिक पखाला नलागोस भनेर पनि यसो गरेको हुँ। कुरा त गजबै गर्ने रैछ यस्ले नभन्नुस म नि सानो-तिनो असली भावुक नै हुँ। मुखै फोरेर भन्न मात्रै नसक्या हुँ ।

यो प्रेम, दर्शन, साहित्य र भित्तो एकदम ब्रह्मा जि का चार टाउका झैँ भै सके आजकाल। अनि मौसम चैं देवकन्याको ठुम्का। यस्ले क्याटालिस्टको काम गर्छ। भावुकहरुलाई साहित्य फुर्छ।
म जस्ता पिलन्धरेलाई चिसोले भेटेर, शरिरको द्रब्य जति सबै नाक बाट झर्छ।
पत्याउनु हुन्न होला। यो लेख तरकारी भाको भए
यस्लाई नुन हाली राख्न पर्थेन ।

आजलाई यस्तै भो। जे भो भो। दसौं बर्ष पछि, बर्षाका कारणले येस्तो बेकम्फुसे गफ लडाएँ।
यस्को भारी बोक्ने नि हुन त यै भित्तै हो।
पत्रीकामा त चिनेका मान्छे सम्पादक छैनन।

अन्त्यमा ! जय झरी ! छरिदेउ मर्मस्पर्शी साहित्य भित्तै भरी !!

जय होस।

-उज्जवल राज घिमिरे गौशाला