![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/Sangatha.jpg)
काठमाडौं। संघीय संसद् सचिवालयले गत पुसदेखि सांसदका पिएको तलब उनीहरूकै खातामा उपलब्ध गराउने निर्णय गर्यो ।
जसअनुसार संसद्का पदाधिकारीको स्वकीय सचिवालयदेखि सांसदका पिएको तलब कट्टा गरेर सचिवालयले सांसदको खातामा रकम जम्मा गर्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पिएको तलबसमेत आफ्नै खातामा बुझ्दै आएका सांसद रकम कट्टा भएपछि आक्रोशित हुँदै सचिवालयमा पुग्ने गरेका छन् । ‘स्वकीय सचिवको पारिश्रमिक कटिएपछि सांसद र समितिका केही सभापतिसमेत आएर झोक्किनुभयो ।
यसअघि मासिक जाने रकममा कटौती भएपछि उहाँहरू आवेशमा आएको पाइयो । सभापति र अध्यक्षदेखि समिति सभापतिको खातामा त यसअघि जाने गरेको रकममध्ये धेरै नै कटौती भयो ।
सम्झाई–बुझाई गर्नै गाह्रो भयो,’ सचिवालयका एक कर्मचारीले भने । ‘हामीले पुसदेखि लागू हुने गरी स्वकीय सचिव तथा पदाधिकारीको सचिवालयका कर्मचारीको तलब निजहरूकै खातामा राख्ने निर्णय ग(यौँ । अझै पनि सबै सांसदले आफ्ना स्वकीयको विवरण उपलब्ध गराइसक्नुभएको छैन,’ संसद् सचिवालयका एक सचिवले भने ।