१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम काटिएपछि सांसद आक्रोशित



अ+ अ-

काठमाडौं। संघीय संसद् सचिवालयले गत पुसदेखि सांसदका पिएको तलब उनीहरूकै खातामा उपलब्ध गराउने निर्णय गर्यो ।

जसअनुसार संसद्का पदाधिकारीको स्वकीय सचिवालयदेखि सांसदका पिएको तलब कट्टा गरेर सचिवालयले सांसदको खातामा रकम जम्मा गर्यो  । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पिएको तलबसमेत आफ्नै खातामा बुझ्दै आएका सांसद रकम कट्टा भएपछि आक्रोशित हुँदै सचिवालयमा पुग्ने गरेका छन् । ‘स्वकीय सचिवको पारिश्रमिक कटिएपछि सांसद र समितिका केही सभापतिसमेत आएर झोक्किनुभयो ।

यसअघि मासिक जाने रकममा कटौती भएपछि उहाँहरू आवेशमा आएको पाइयो । सभापति र अध्यक्षदेखि समिति सभापतिको खातामा त यसअघि जाने गरेको रकममध्ये धेरै नै कटौती भयो ।

सम्झाई–बुझाई गर्नै गाह्रो भयो,’ सचिवालयका एक कर्मचारीले भने । ‘हामीले पुसदेखि लागू हुने गरी स्वकीय सचिव तथा पदाधिकारीको सचिवालयका कर्मचारीको तलब निजहरूकै खातामा राख्ने निर्णय ग(यौँ । अझै पनि सबै सांसदले आफ्ना स्वकीयको विवरण उपलब्ध गराइसक्नुभएको छैन,’ संसद् सचिवालयका एक सचिवले भने ।




भर्खरै