९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी

पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटनमा परेको असर न्युनिकरण गर्न सरकार, पर्यटन बोर्ड, निजी क्षेत्र एकजुट हुनुपर्ने बताउनुभएको छ ।

बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उहाँले रसुवा बाढीपछि नेपालको पर्यटन क्षेत्रमा केही असर देखिने बताउनुभएको हो । उहाँले पर्यटन पुनरुत्थानको लागी नेपालीसंघसंस्थासँगै अन्तर्राष्ट्रिय पर्यटन संस्था तथा विदेशस्थित नेपाली नियोगलाई पनि तत्काल परिचालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले विपत्तिपछि पनि नेपाल पर्यटनका लागि खुला रहेको सन्देश विश्वभर पु¥याउन आवश्यक रहेको बताउनु भयो । प्राकृतिक विपत्ति कुनै एक देश वा व्यक्तिको नियन्त्रणमा नरहेको भन्दै उहाँले यसलाई त्यही रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रश्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा विपत्ति भएपनि देशका सबै पर्यटकीय गन्तव्य प्रभावित नभएकोले ‘नेपाल खुला छ’ भन्ने सन्देश विश्व पर्यटन बजारमा तत्काल पु¥याउनुपर्ने उहाँको भनाई छ ।

उहाँले नेपालले अन्तर्राष्ट्रिय संस्थालाई तिर्दै आएको सदस्यता तथा अन्य शुल्कलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्ने समय आएको बताउनुभयो । उहाँका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनलाई वार्षिक रूपमा रकम तिर्दै आएको छ । त्यस्ता संस्थासँगको सम्बन्धलाई अहिले प्रभावकारी सञ्चार र नेपालको वास्तविक अवस्था सार्वजनिक गर्न प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाल आउ भनेर कोही आउनेवाला छैन । यो प्राकृतिक विपत्ति हो, यो जहाँ पनि आउन सक्छ । यो नेपालमा पहिलो होइन र यो अन्तिम पनि होइन । यस्ता हुन सक्छ कहीँ पनि भोलि बिहानै नै हुन सक्छ, १० औँ वर्ष नहुन नि सक्छ, जुन देशमा जहाँ पनि हुन सक्छ । भनेपछि यसलाई यही अनुसारले बुझाउने हो । इट इज अ नेचुरल डिजास्टर । यसमा कसैको पनि दोष छैन भन्दाखेरि ग्लोबलकै एक–एक सिटिजन जसले थोरै पनि ग्रीन हाउस उत्सर्जनमा पु¥याएको छ भनेपछि पुरै ह्युम्यानिटीको सबैको छ । नेपालीले मेरो छैन भन्न नि मिल्दैन, हाम्रो पनि केही न केही अंश थोरै होला छ, दुनियाको छ । अब नेपाल खुल्ला छ भन्ने म्यासेजलाई संसारभर पु¥याउन आवश्यक छ । सबभन्दा पहिला हामीले जसलाई पेमेन्ट गरेका छौँ, तीनलाई सक्रिय बनाउनपर्छ । मन्त्रालयले युएनडब्लुटिओलाई वर्षको ५० हजार ५० हजार डलर तिर्छ । उनीहरुसँग अब सहयोग लिने, ५० हजार डलर केको लागि तिरेका छौँ, हामीले ? उनीहरुसँग सहयोग लिने बेला यो हा े। दोस्रो एनटीबीले पाटाको २५ हजार डलर वार्षिक रुपमा एउटा मेम्बर भएको इन्टरनेसनल पाटाको तिर्छ । आज पाटाको ग्लोबल्ली जति पनि मिडिया छ उनीहरुसँग उनीहरुको एउटा टुरिजमको इन्फर्मेसन दिने एउटा राम्रो प्लेटफर्म छ । उनीहरुलाई सुन्छ, उनीहरुले यो जुन हामी इन्फर्मेसन दिन चाहन्छौँ, नेपाल नाउको यसमा अपडेट हुन्छ है भनेर पहिला यिनीहरुबाट दिउँ । त्यो बाहेक नेपाल पर्यटन बोर्ड लगायतका हाम्रा साथीहरुले विभिन्न अघि नै फेम ट्रिपहरु अर्गनाइज गर्ने गर्नुभएको छ । हान, टान, नाटा, पाटा सबैले गर्दै आएकोमा कति छन्, इन्फ्लुएन्सरहरु जसले नेपालमा हाम्रो इन्भिटेसनमा आए ? ती सबैको लिस्ट बनाएर ती सबैलाई परिचालन गरौँ । नेपाल ओपन भन्ने जुन म्यासेज दिन छ, त्यो प्रत्येक वेभसाइट खोल्ने बित्तिकै देखिनप¥यो । यो एउटाको एनटीबीको अथवा मन्त्रालयकोले गरेर मात्र पुग्दैन । वि आर टक इन अबाउट द ग्लोवल अडियन्समा पुग्नुपर्ने हिसाबले गर्नुपर्छ ।’

उहाँले अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी संस्थाका सञ्चार प्लेटफर्ममार्फत पनि नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सूचना तत्काल प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल खुला छ भन्ने सन्देश एउटा मन्त्रालय वा नेपाल पर्यटन बोर्डले मात्र दिएर नपुग्ने उहाँको भनाई छ । विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई समेत तत्काल सक्रिय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राजदूत नभएको अवस्थामा पनि दूतावासका उपप्रमुख, डीसीएम तथा अन्य कर्मचारीलाई परिचालन गरी सम्बन्धित देशको भाषामा नेपालको वास्तविक अवस्थाबारे सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल